परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १६ औं वार्षिक साधारणसभा सम्पन्न

गैंडाकोट फागुन १३ ।
गैंडाकोट नगरपालिकामा रहेको परिवर्तन बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १६ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न गरेको छ ।`सहकारी संस्था बचत र ऋणमा मात्रैमा केन्द्रित नभई व्यवसायिक गुणस्तर अभिवृद्धि गर्न तर्फ लाग्नु पर्ने गैंडाकोटका नगरप्रमुख मदनभक्त अधिकारीले बताएका छन । कार्यक्रमका प्रमुख अतिथी अधिकारीले सेयर सदस्य हरुलाइ सहकारीको मुल्यमान्यताका बिषयमा जागरुक बनाउदै अघि बड्नु पर्नेमा जोड दिएका छन । कार्यक्रमको बिशेष अतिथिका रुपमा रहेका चितवन तथा नवलपुर क्षेत्रका सहकारी अभियन्ता इन्द्रराज ज्योति पौडेलले `जिल्लाका सहकारीहरुले दिगो बिकासमा महत्वपुर्ण आर्थिक सहयोग गर्दै आएको र आगामी दिनमा यो भन्दा फरक किसिमबाट सहकारीलाई व्यवस्थापनले सेवामूलक बनाउनु पर्ने बताउदै सहकारीका माध्यमबाट सदस्यको जिवनस्तर परिवर्तन गर्न सकिने र समुदायमा आधारित सहकारीको खाँचोलाइ सहकारीको मुल्य मान्यता र सिद्धान्तका आधारमा रहदै अधि बड्नु पर्ने बताए । कार्यक्रममा रत्न प्रसाद सापकोटा, शान्ति न्यौपाने, उषा परियार, केशव शर्मा लगाएतले सहकारीको बिषयमा बोलेका थिए ।
झन्डै ५ हजार सेयर सदस्य रहेको सहकारीको कुल सम्पती १३ करोड, १२ करोड लगानी र १० करोड बचत रहेको वार्षिक प्रतिबेदनमा जनाइएको छ । सचीव प्रकाश सापकोटा र कोषाध्यक्ष कृष्ण पराजुलीले आ-आफ्नो प्रतिबेदन पेस गरेको कार्यक्रममा उपस्थित सम्पुर्ण लाई सहकारीका उपाध्यक्ष जीवन चौधरीले स्वागत गरेका थिए । सस्था अध्यक्ष दुर्गा प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रम लाई ब्यबस्थापक गोबिन्द प्रसाद सापकोटाले सहजीकरण गरेका थिए ।
तपाइँको प्रतिक्रिया