पर्यटकलाई आर्कषित गर्न सौराहामा पहिलो चेपाङ सङ्ग्रहालय स्थापना ,बरिष्ठ पत्रकार अर्याल सम्मानित

राजेन्द्र आचार्य
चितवन, १५ भदौ । चितवनको पर्यटकीय नगरी सौराहामा पहिलो चेपाङ सङ्ग्रहालय स्थापना गरिएको छ । चितवन राष्ट्रिय निकुञ्ज अनर्तगत पूर्वी क्षेत्रमा पर्ने सौराहामा पर्यटकहरुलाई आर्कषि गर्न चेपाङ सङ्ग्रहालय स्थापना गरिएको हो ।
चेपाङ समुदायको बाहुल्य रहेको चितवनमा चेपाङ्गहरु संस्कृति संरक्षणसगै चेपाङ्ग बालबालिकाहरुको पठ्नपाठन र भरनपोषणका लागि गामबेसीको चेपाङ संरक्षण केन्द्रले सो सग्रालय स्थापना गरेको हो । थारु सङ्ग्रहालयले त पर्यटकहरुको मन तानेको थियो–केन्द्रका अध्यक्ष केपि किरण शर्माले भने– महाभारत श्रृंखलामा बसोबास गर्ने चेपाङ समुदायको प्रर्वद्धन र जीवन चार्य बारे सौराहामा नै थाहा पाउन सहज भएको छ । अध्यक्ष शर्माले ८ बर्ष सम्म चेपाङ्ग गाउ–गाउमा पुगेर कोही किनेहि मितेरी साईनो लगाएर संग्रहालयका लागि सामन जुटाएको केन्द्रका सदस्य होमनाथ सापकोटाले जानकारी दिए ।
सौराहाको गैडाका नजिक पश्चिममा रहेको एक घरमा घर भाडामा लिएर केन्द्रले चेपाङ सङ्ग्रहालय स्थापना गरेको जनाएको छ । संग्राहलयमा चेपाङ समुदायले परापूर्वकालदेखि प्रयोग गर्दै आएका सामग्रीहरु संग्रहित गरेको प्रर्दशनका लागि राखिएको छ । सङ्ग्रहालयमा चेपाङ समुदायले दैनिक प्रयोग गर्ने औजार, उपयोगमा ल्याइने गरेका वर्तन, सिकार खेल्दा प्रयोग गरिने पुरातन हतियार, उपचारमा प्रयोग गर्ने समान, कन्दमुल, गिठ्ठा भ्याकुरलगायतका ३०७ प्रकारका सामग्रीहरु संग्रहित गरिएको अध्यक्ष शर्माले जानकारी दिए । चेपाङ समुदायका बस्तीबाट संकलन गरेका महत्वपूर्ण सामग्रीहरु सङ्ग्रहालयमा राखिएकोले उनीहरुको चेपाङ संस्कृतिलाई राष्ट्रिय तथा अन्तराष्ट्रियस्तरमा प्रचारप्रसार गर्न उपयोगी हुने केन्द्रको दावी छ । यसैविच सो संग्राहलयको एक समारोहका विच बरिष्ठ पत्रकार अखण्ड भण्डारीले चेपाङ्गको ड्ङ्ग्रो बजाएर उद्धघाटन गरेका थिए । सो अवसरमा बोल्दै पत्रकार भण्डारीले चेपाङ्ग संस्कृति जान्न र हर्न आउने पर्यटकहरुलाई सहज हुने र यसलाई सबै क्षेत्रले सहयोग गर्नुपर्ने बताए । चेपाङले प्रयोग गर्ने सामग्रीहरु स्वदेशी तथा विदेशी पर्यटकका लागि रुचीको विषय हुने केन्द्रको विश्वास छ । सौराहामा आउने स्वदेशी तथा विदेशी पर्यटकहरुले प्याकेजमै कार्यक्रमका रुपमा जंगल सफारी, हात्ती सफारी, डुंगा सयर, थारु बस्ती अवलोकन, स्टिक डान्सलगायतको मजा लिने गरेका छन् । चेपाङ सङ्ग्रहालयलाई सौराहाका व्यवसायीले पर्यटकलाई प्रदान गर्ने प्याकेज कार्यक्रममा राखेर अवलोकन गर्ने व्यवस्था गर्ने क्षेत्रीय होटल संघ सौराहाका प्रथम उपाध्यक्ष सुमन घिमिरेले बताए ।
बरिष्ठ पत्रकार अर्याल सम्मानित
चितवनका बरिष्ठ अग्रज पत्रकार धर्मराज अर्याल सम्मानित भएका छन् । पर्यटकीय नगरी सौराहामा स्थापना गरिएको चेपाङ्ग संग्राहलय उद्धघाटनको अवसरमा चितवन पोष्ट दैनिकका सम्पादक समेत रहेका अर्याललाई चेपाङ्ग समुदायको उत्थान र सामाजिक रुपान्तरण पत्रकारिता मार्फत दुई दशक बढी योगदान पु¥याएको भन्दै सम्मान पत्रसहित सम्मान गरिएको थियो । उनलाई पत्रकार अखण्ड भण्डारी र गामवेशीको संरक्षण केन्द्रका अध्यक्ष केपिकिरण शर्माले संयुक्त रुपमा सम्मान पत्रसहित सम्मानित गरेका थिए । पत्रकारिता मुल विषय नै लिएर पत्रकारितामा सक्रिय अर्यालले कविका रुपमा समेत परिचित छन् । चितवनमा मुलधार पत्रकारिता र दैनिक पत्रिका स्थापना गर्न उनी जिल्लाकै पहिलो पत्रकार समेत हुन् । उनी २०३८ सालबाट चितवनमा पत्रकारितामा आएका थिए । २०५३ सालका राष्ट्रिय समाचार समितिको कार्यकारी सम्पादक पदका राजिनामा दिई आफ्नै पत्रिका चितवनपोष्ट दैनिक निकालेका थिए । चितवनमा अलग भिन्न धारका प्रस्तुत िदिने पत्रकारका रुपमा अर्याल चर्चित छन् ।
तपाइँको प्रतिक्रिया