पर्यटकिय क्षेत्रले प्रबल सम्भावना छ नवलपरासीमा

नवलपरासीको कावासोति नगरपालिका पिठौलि पर्यटकिय क्षेत्रले सम्भावना रहेको छ । मध्यवर्ति सामुदायिक बन भित्र विभिन्न जंगलि जनावर देखि प्राकृतिक कुराले भरिपुण रकेको छ । नवलपरासीको कावासोति नगरपालिका भित्र रहेको सो पर्यटकिय क्षेत्र निकै प्राकृतिक मनोरम रहेको छ । नारायणि नदिको मनोरम दृष्य संगै जंगलि जनावर गैडा, वाघ ,भालु जस्ता जनावर पनि अवलोकन हुने हुदा उक्त क्षेत्र नवलपरासीको पर्यटकिय गन्तव्यको रुपमा रहेको हो । नवलपरासीको कावासोति नगरपालिको पिठौलि देखि त्रिबेणी सम्म डुङा सयरको समेत सम्भावना रहेको मध्यवर्ति सामुदायिक वनका अध्यक्ष बासु देव पौडेलले बताउनुभयो साथै जटायु रेष्टुरेण्टबाट गिद्धहरुको अवलोकन समेत गर्न सकिने व्यवस्था रहेको छ । नवलपरासीको पर्यटकिय सम्भावना प्रचुर रहेपनि प्रचार प्रशारको कमिले चर्चा पाउन सकेको छैन ।
तपाइँको प्रतिक्रिया