पर्यटकिय क्षेत्र देवचुली पद विस्तार गर्न लागि पर्यो देवचुली जेसीस २०१६

बिबेक भण्डारी २९, नवलपुर क्षेत्रमा रहेको देवचुलि क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्न तथा देवचुलि क्षेत्र पर्यटन क्षेत्र हो भनेर परिचित गराउन तथा पद मार्ग विस्तार गर्ने उद्देश्यले देवचुलि जसिस वर्ष २०१६को आयोजना तथा देवचुलि , गैडाकोट नगरपालीकाको सहयोगमा देवचुलि पद मार्ग विस्तार कार्यक्रम गरेको छ । देवचुलि नगरापलीकाका कार्यकारी अधिकृत मानबहादुर खड्काको प्रमुख आतिथ्यतामा एक कार्यक्रमको आयोजना पद मार्ग विस्तार कार्यक्रम गरिको हो । पद यात्रा कार्यक्रममा बोल्दै नगरपालीका प्रमुख खड्काले देवचुलि डाँडा पर्यटकिय क्षेत्र निर्माण भए पछि पर्यटकहरु किर्तिपुरको बाटो भएर यात्रा गर्नेह हुदा किर्तिपुरका स्थानियहरुले होमस्टे संञ्चालन गर्न आवस्यक रहेको उहाले बताउनुयो । किर्तिपुर बासिलाई आग्रह गर्दे नगरपालीका प्रमुख खड्काले विशेष गरे महिलाहरु इसमा सक्रिय भएर लाग्नुपर्ने बताउनुभयो । यसको लागि नगरपालीकाले सक्दो सहयोग गर्ने समेत बताउनुभयो । पद यात्रामा जेसिसका सदस्यहरु , विभिन्न संघसंस्थाका प्रतिनिधि , पत्रकार लगायतको टोलिहश्रको सहभागिता रहेको थियो । कार्यक्रम देवचुलि जेसिस २०१६का अध्यक्ष प्रदिप बास्तोलाको अध्यक्षतामा आयोजना भएको थियो ।
तपाइँको प्रतिक्रिया