पर्यटकिय क्षेत्र निर्माण गर्न व्यवशायिहरु सक्रिय हुदै

बिबेक भण्डारी माघ ३- नवलपरासीको नवलपुर क्षेत्रलाई पर्यटकिय क्षेत्र बनाउन जिल्लाका पर्यटन व्यवशायिहरु सक्रिय भएर जुटेका छन् । नवलपुर क्षेत्रलाई पर्यटकीय हिसावले अब्बल बनाउन होटल, रेष्टुरेन्ट देखि अन्य पार्कहरु समेत निर्माण गर्न व्यसायीहरु जुटेका हुन । नवलपुर क्षेत्रको विशेष गरि नारायणि नदिको किनारमा यस्ता होटल तथा रिसोर्टहरु संञ्चाल गरि नवलपुर क्षेत्रमा पर्यटकको आगमनलाई बृद्धि गर्न यस्ता होटल तथा रिसोर्टहरु निर्माण गरि पर्यटन प्रबद्धन गर्न व्यवशायिहरु जुटिरहेका छन । पर्यटकको नजरमा नारायणि नदि , जंगल सफारी , जंगलिजनावरको अवलोकन नै मुख्य रहेको हुदा पर्यटन व्यवशायिहरुले जिल्लाको नवलपुर क्षेत्रमा नै व्यवशाय संञ्चालन गदै आएका छन । जिल्लाको नवलपुर क्षेत्र अन्तरगत नारायणि नदिको किनारमा विभिन्न स्थान गरि करिव सय भन्दा बढि होटल तथा रिसोर्टहरु संञ्चालनमा रहि आएको छ । जिल्लाको नवलपुर क्षेत्रलाई पनि चितवन राष्टिय निकुञ्ज जस्तै नवलपुरलाई पनि परिचित गराउन यस्ता पर्यटकिय व्यवशायहरु संञ्चालनमा रहदै आएको । जिल्लको त्रिवेणि , कावासोती , देवचुलिनगरपालिका , रजहर , गैडाकोट लगायतका स्थाहरुमा पर्यटकिय संम्भावित क्षेत्रमा विभिन्न किसिमका पर्यटकिय व्यवशाय तथा पर्यटकको गन्तव्यको क्षेत्रको रुपमा परिचित गराउन लागि परि रहेका छन । पर्यटकिय क्षेत्रका रुपमा र जिल्लाको नवलपुरमा पनि पर्यटकिय क्षेत्रहरु छन भनि परिचित गराउन आफुहरुले यस क्षेत्रलाई पर्यटकको गन्तव्यको स्थल बनाउन लागि परिरहेको पर्यटन व्यवशायिक तथा पार्क भ्यू रिसोर्टका संञ्चालक पलट चौधरिले बताए । उनका अनुसार चितवन राष्टिय निकुञ्जले चारबटा जिल्लालाई छोएको भए पनि यसले केवल चितवनलाई मात्र चिनाएको र नवलपुरको पर्यटन क्षेत्रलाई चिनाउन पनि आवस्यक रहेको र पर्यटन क्षेत्रको रुपमा नवलपुर क्षेत्र रहे पनि यस विषयमा अझै कतिपयलाई थाहा नभएर पनि यस क्षेत्रको पर्यटन उकास्न आवस्यक रहेको रिसोट संञ्चालक चौधरीको भनाइ छ । जिल्लाको विभिन्न स्थानमा पर्यटन क्षेको रुपमा प्रचुर मात्रामा सम्भावना भए पनि यसमा संबन्धित निकायको ध्यान जान नसक्दा जिल्लाको नवलपुर क्षेत्रको पर्यटन क्षेत्र पछि परेको देखिन्छ । चितवन राष्टिय निकुञ्जले छोएको नवलपुर क्षेत्रका विभिन्न स्थानहरु पर्यटकिय क्षेत्रको सम्भावना भएको देखिन्छ तर यस क्षेत्रको प्रचारप्रसार लगायतका कारणले गर्दा जिल्लाको नवलपुर क्षेत्रको पर्यकिय क्षेत्र पछि परेको देखिन्छ । पर्यटन क्षेत्रको विकासका लागि केवल होटल तथा रिसोर्ट संञ्चालन गरेर पुग्दैन यसको लागि पर्यटकको आर्कषण पर्न विभिन्न किसिमका पर्यटकिय आधार भुत कुराहरुको पर्याप्त उपलब्ध हुन जरुरी छ । हैन भने जिल्लाको नवलपुर क्षेत्रको पर्यटन सधै पछि नै पर्ने देखिन्छ ।
तपाइँको प्रतिक्रिया