पर्यटन विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्छ : मेयर दाहाल

चितवन ।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाले पर्यटन विकासका लागि ठोरी र भरतपुर जोडिनुपर्ने बताउनु भएको छ ।
‘प्रथम ठोरी महोत्सव’ को ९ औं दिनको कार्यक्रमलाई सम्बोधन गर्दै दाहालले ठोरी र भरतपुरलाई हुलाकी सडकमार्फत जोडेर आन्तरिक तथा बह्य पर्यटकलाई सहज आवगमन गराउन सकिने बताउनुभयो । ठोरी गाँउपालिका प्राकृतिक रुपमा सुन्दर भएपनि पुर्वधार विकासमा अघि बढेको छैन, मेयर दाहालले भन्नुभयो, ‘ठोरीलाई पर्यटकीय गन्तव्यको यहाँका बासिन्दाले चासो दिनुपर्छ । गन्तव्य निर्माणमा भरतपुर महानगरपालिकाले पनि सहयोग गर्छ ।’
भरतपुर र ठोरी ७२ किमिको दुरीमा रहेपनि निकुञ्ज, कच्ची सडकले गर्दा आवत –जावतमा समस्या छ । ठोरी–माडी हुलाकी सडक पक्की भएमा ठोरी पुग्न २ घण्टा समय पनि लाग्दैन् । ठोरी भारतसँग जोडिएको वस्ती हो । निकुञ्ज ऐन बाधक भएकाले यो सडक लामो समयदेखि स्तरोन्ती गर्न सकिएको छैन ।
कार्यक्रममा बोल्दै ठोरी गाँउपालिकाका अध्यक्ष पिएल श्रेष्ठले मेयर दाहाललाई ठोरीको प्रमुख समस्याको बारेमा जानकारी गराउनु भएको थियो । नदी कटान, सुलभ यातायात, जंगली वन्यजन्तुको त्रास यहाँको समस्या हुन् ।
अध्यक्ष श्रेष्ठले भन्नुभयो,‘ ठोरीलाई प्रथामिकतामा राखेर पुर्वधारको विकास गर्न सके समग्र देशलाई फाईदा पुग्छ । ठोरीलाई नाकाको रुपमा विकास गर्न केन्द्रले चासो दिनुप¥यो ।’
प्रदेश नम्बर ३ मा ठोरी गाभ्नुपर्ने माग राख्दै ठोरीवासीले लामो समयदेखि अन्दोलन गरिरहेका छन् । ठोरी अहिलेपनि प्रदेश नम्बर २, मा पर्छ । राष्ट्रिय गौरवको आयोजना ठोरी केरुङलोक मार्ग, माडी–ठोरी हुलाकी सडकखण्ड निर्माण भए ठोरीको विकासले फड्को मार्ने देखिन्छ ।
९ औ दिनसम्म करिब ५५ हजारले महोत्सव अवलोकन गरेको आयोजकले जनाएको छ । महोत्सव पुष २३ सम्म चल्ने छ ।
तपाइँको प्रतिक्रिया