पशुपालन सम्बन्धि तिन दिने तालिम गैडाकोट १०मा सुरु

बिबेक भण्डारी माघ ११ , कृषिमा महिलाको सहभागिता बृद्धि गराउने उद्देश्यले मंगलवार देखि नवलपरासीको गैडाकोट १० भैसाखोरीमा ३ दिने कृषि सम्बन्धि तालिम सुरु भएको छ। विशेष गरेर महिलाहरु नै कृषिमा लाग्ने हुदा महिलाहरुका लागि कृषि जन्य तालिम आवस्यक हुने हुदा तालिम आयोजना गरिएको आयोजकले जनाएको छ । गैडाकोट नगरपालिकाको सहयो तथा महिला सञ्जाल गैडाकोट १०को आयाजनामा संञ्चालित ३ दिने तालिममा आधुनिक पशुपालन , गोठ सुधार र सचेतना तालिम साथै औषधि छर्ने तथा बाख्रा वितरण लगायतका कार्यक्रमहरु हुने जनाइएको छ। म्हिला संञ्जाल गैडाकोट १० की अध्यक्ष चेतना अर्यालका अनुसार विशेष गरेर विपन्न वर्गाका महिलाहरुको लागि बाख्रा वितरण , गोठ सुधार तथा पशुपालनमा के के आवस्यक पर्छ भन्ने विषयमा तालिमको आयोजना गरिएको बताउजुभयो । तिन दिन सम्म संञ्चालन हुने तालिमको मंगलवार एक कार्यक्रमको आयोजना गरि सुरु गरिएो हो । कार्यक्रममा गैडाकोट नगरपालिका १०..१७ वडाका वडा प्रमुख वेदनाथ दाहालको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा स्थानिय संघ संस्था , राजनितिक पार्टिका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो । तालिम पशु प्राविधिक बिजय दाहाल र बुद्धिबहादुर देउवाले प्रशिक्षण दिनुहुने छ। तालिममा स्थानिय ३० जना महिलाको सहभागिता रहेको थियो ।
तपाइँको प्रतिक्रिया