पश्चिमाञ्चल स्तरिय औद्योगीक ब्यापार मेलाको सबै तयारी

नवलपरासी माघ २८, नवलपरासीमा शुक्रबार देखी संचालन हुने पश्चिमाञ्चल स्तरिय औद्योगीक ब्यापार मेलाको सबै तयारी पुरा भएको संघले छ । उद्योग बाणीज्य संघको मुख्य आयोजनामा सुनवलमा संचालन हुने लागेको मेलाको सबै तयारी पुरा भएको संघद्धारा विहिवार मेला सचिवालयमा आयोजीत पत्रकार सम्मेलनमा संघका अध्यक्ष भिम बहादुर थापा ( भरत ) ले जानकारी दिनुभयो । शुक्रबार मेलाको उद्घाटन अर्थमन्त्री विष्णु पौडेलले गर्नुहुने उद्योग वाणिज्य संघ नवलपरासीले जनाएको छ । मेला फागुन ११ गते सम्म चल्ने छ । कृर्षि, पर्यटन, उद्योग, ब्यापार प्रबर्धन, तथा सूचना प्रबिधिलाई समेटेर मेला आयोजना गर्न लागीएको छ । मेलामा ३ सय बढी स्टलहरु रहने छन् । मेलामा ७ करोड बराबरको आर्थिक कारोबार समेत हुने संघको अपेक्षा गरिएको छ । मेलामा तयारी पोशाक, छालाजन्य उत्पादन, हस्तकला फर्निचर, निर्माण समाग्रीहरु, खाद्य परीकार, अटोमोबाईल, कृषि औजार तथा समाग्री, कृषि उत्पादनहरु, पर्यटन र सूचना केन्द्र एबं प्रबद्र्धनका स्टलहरु राखिने छन् । महोत्सब नेपाल तथा भारतका गरी तिन लाख दर्शकले मेला अवलोकन गर्ने अनुमान गरिएको संघका छ । मेला संचालनकालागी ६५ लाख खर्च हुने अनुमान गरीएको संघका बरिष्ठ उपाध्यक्ष नरेन्द्र कुमार गुप्ताले बताउनुभयो । गत २०६७ मा पहिलो पटक र यस पटक दोस्रो पटक नवलपरासीमा उद्योग बाणीज्य संघको मुख्य आयोजनामा मेला संचालन हुन लागेको हो ।
तपाइँको प्रतिक्रिया