पश्चिम चितवनमा गैँडाको आक्रमणबाट १ जनाको मृत्यु, १ जना घाईते

बैशाख ०६, चितवन
पश्चिम चितवनमा गैँडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । मृत्यु हुनेमा भरतपुर–१७ का ६० वर्षीय झलकराज पौडेल रहेका छन् भने स्थानीय ५७ वर्षीय टङ्कनाथ रेग्मी घाइते भएका छन् । सामान्य घाइते रहेका रेग्मी उपचारपश्चात् घर फर्किसकेका छन् । मृतक पौडेललाई आफ्नै घर पछाडि काम गरिरहेको अवस्थामा शनिबार बिहान ११ बजे गैँडाले आक्रमण गरेको हो । गैँडाको आक्रमणबाट गम्भीर घाइते पौडेलको उपचारका क्रममा भरतपुर अस्पतालमा ११ः४५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
तपाइँको प्रतिक्रिया