पहाडी क्षेत्रमा बदली, आज प्रदेश १ मा वर्षाकाे सम्भावना

काठमाडौं, २३ मंसिर
बिहीबार बिहान देशका पहाडी भूभागमा आंशिक बदली छ । दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली रहेकाे छ । प्रदेश १ को पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जानकारी दिएकाे छ ।
राति प्रदेश १ र २ का एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
शुक्रबार पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएकाे छ ।
तपाइँको प्रतिक्रिया