पहाडी वडाको बिकासमा नगरप्रमुख पौडेलको बिशेष ध्यान केन्द्रित

गैंडाकोट, भाद्र ३०
गैडाकोट नगरपालिकाले नगरभित्र पर्ने पहाडी वडा वडा नम्वर ३ र १८ को बिकासमा बिशेष ध्यान केन्द्रित गरेको छ । नगरप्रमुख छत्रराज पौडेलले आफनो चुनाबि अभियानका क्रममा पनि बिशेष ध्यान केन्द्रित गर्नु भएको ई दुई वडाको बिकासका लागी पौडेलले सक्रियता दिनु भएको हो ।
पौडेल र वडा कार्यलयको पहल र सक्रियतामा वडा नम्वर ३ अव झण्डै झण्डै सबै हिसावले बिकासको बाटोमा अगाढी बढिसकेको छ । जहा बिद्युतिकरणको समस्या समाधान भएको छ भने खानेपानि र अरु अधिकांश पुर्वाधार समेत बिकास भईसकेको मेयर पौडेले बताउनु भयो ।
त्यस्तै वडा नम्वर १८ मा केहि पुर्वाधारको कमि देखिएकाले सो वडाको न्युनतम् आवश्यक पुर्वाधार तत्कालै बिकास गरी त्यहाका स्थानियलाई बिकासको अनुभुति दिलाउन आफु सक्रिय भएको पौडेल बताउनु हुन्छ ।
पहाडी वडामा बिकासका पुर्वाधार अलि कम भएकाले अहिले नगर पालिका र आफनो ध्यान पहाडी क्षेत्रका मानिसको जिवन सुधारमा भएको उहाँ बताउनु हुन्छ । अहिले वडा नं. १८ मा बिजुली बत्ती नपुगेको र त्यसका लागी पनि आफुले योजना पारी काम गरेको पौडेल बताउनु हुन्छ । त्यहाँ पनि छिट्टै बत्ति बल्ने पौडेलको दाबी छ ।
सदियौ देखि अन्धकारमा पारिएका स्थानीयहरुको अनुहारमा उल्यालो छाएको हेर्ने आफनो चाहाना रहेको र सबैको साथ र सहयोगले त्यो पुरा हुने उहाँ बताउनु हुन्छ ।
बिभिन्न अप्ठ्यारा र चुनौतिका बाबजुत पनि आफुले गैडाकोट नगरपालिकालाई नमुना बनाएर छाड्ने उहाँले बताउनु भयो ।
तपाइँको प्रतिक्रिया