पहिलो पटक नवलपरासीमा बालिका सम्मेलन हुदै

बिबेक भण्डारी ३, जागृति बाल तथा युवा सरोकार नेपाल नवलपरासीको आयोजनामा यहि कार्तिक १२ गते पहिलो पटक बालिका सम्मेलन हुने भएको छ । “समृद्ध बालिका समृद्ध नेपाल” भन्ने राष्ट्रिय नारा सहित नवलपरासी जिल्लामा बालिकाहरुको वर्तमान अवस्था , समस्या र सरोकारवालाको भूमिका विषयमा छलफल गर्ने उद्देश्यले सम्मेलन हुन लागेको बाल अधिकार अभियान्ता दिपक शर्माले जानकारी दिनुभयो । बालिका सम्मेलन द गार्डेन अफ होप फाउन्डेसन र जागृति बाल तथा युवा सरोकार नेपालको आर्थिक सहयोगमा आयोजना गर्न लागिएको शर्माले जानकारी गराउनुभयो । सम्मेलनले बालिकाहरुको समस्यालाई सम्बोधन तथा बालिको नेतृत्व विकास गर्ने किसिमले घोषणा पत्र जारी गर्ने तयारी समेत भईरहेको छ । सम्मेलनमा हरेक गाविस वा नगरपालिकामा गठित बाल सञ्जालबाट १३ वर्षदेखि १९ वर्षसम्मका बालिकालाई सहभागि गराईने बताईएको छ । सम्मेलनका लागि विभिन्न किसिमका कार्यहरुका साथ तयारी तिब्र पारिएको छ । सम्मेलनमा सहकार्य गर्नका लागि विभिन्न संघसंस्थावाट समन्वय भईरहेको छ भने सो अवसरमा बालबालिकाको क्षेत्रमा उल्लेखनिय कार्य गर्ने बालिकाहरुलाई सम्मानित पनि गर्ने जनाईएको छ ।
तपाइँको प्रतिक्रिया