पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ को उपाधी इन्द्रपुर नेवा पुचः मोरङलाई

१ असोज, चितवन । पाँचौँ राष्ट्रिय लाखे नाच प्रतियोगिता २०७३ को उपाधी इन्द्रपुर नेवा पुचः मोरङले हात पारेको छ । देशभरबाट सहभागी ३२ टिमलाईपछि पार्दै उत्कृष्ट लाखे नाच मौलिक शैलीमा देखाउन सफल भएपछि इन्द्रपुर नेवा पुचः मोरङ्ग प्रथम स्थान हासिल गर्दै ७५ हजार रुपैया नगद, लाखे शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो ।
यस्तै प्रतियोगितामा भिमसेनस्थान मन्दिर गुठी दोलखा दोश्रो, रुरु क्षेत्र सांस्कृतिक समिति रिडी गुल्मी तेश्रो र बटार पासा पुचः बटार नुवाकोटाले सान्त्वना स्थान हासिल गर्न सफल भएको निर्णयक शैलेन्द्र कुमार पियाले जानकारी दिए ।
यस्तै दोश्रो हुनेले ५० हजार रुपैया नगद, तेश्रोले २५ हजार रुपैया नगर र सान्त्वना स्थान हासिल गर्ने १० हजार रुपैया नगरसहित लाखे शिल्ड र प्रमाणपत्र चितवन क्षेत्र नंं.-३ का सासंद कृष्णभक्त पोख्रेरलले प्रदान गरेका थिए ।लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखे नाच प्रतिष्ठान नेपालले आयोजना गरेको प्रतियोगितामा देशभरबाट आ-आफनो शैलीमा लाखे नाच देखाउन नेवार समुदाय विभिन्न झाँकी सहति चितवनमा जम्मा भएका थिए । जसका कारण चितवनको नारायणगढ पोखरा बसपार्क बिहीबार र शुक्रवार लाखे मय बनेको थियो ।
प्रतियोगितामा मोरङ, सुनसरी, खोटाङ, उदयपुर, धादिङ, तनहूँ, चितवन, गुल्मी, दाङ लगायतले विभिन्न जिल्लाबाट ३२ समूह सहभागी भएका छन् । नेवार समुदायको लाखे नाच संरक्षण गर्ने उद्देश्यले प्रतियोगितालाई निरन्तरता दिदै जाने प्रतियोगिताका संयोजक र्निजनलाल श्रेष्ठले बताए ।वि स २०६४ सालदेखि प्रतियोगिताका रुपमा लाखेनाच चितवनमा गरिदै आइएको छ । नेवार समुदायले भूतप्रेत भगाउन लाखेनाच देखाउने परम्परा छ ।
नयाँ पुस्ताले संस्कृति नभुलोस् भनेर यस्ता प्रतियोगिता गरिएको राष्ट्रिय लोक संस्कृति संरक्षण तथा राष्ट्रिय लाखेनाच प्रतिष्ठान नेपालका उपाध्यक्ष तथा प्रतियोगिताका मूल संयोजक निर्जनलाल श्रेष्ठलेजानकारी गराए । दुई दिने प्रतियोगितामा १६ लाख रुपैयाँ बडी खर्च भएको आयोजकले जनाएको छ ।
अनलाइनखबर
तपाइँको प्रतिक्रिया