पाँच मिनेटमै सकियो संसद्को पहिलो बैठक, अर्काे बैठक पाँच बजे बस्दै ‘आजको अर्काे बैठकमा प्रधानमन्त्रीले राजीनामा दिने

काठमाडौं, १५ असोज । शुक्रबार दिउँसो साढे १ बजेबाट सुरु भएको संसद् अधिवेशनको पहिलो बैठक पाँच मिनेटमै सकिएको छ ।
संविधान घोषणापछि पहिलोपटक बसेको बैठकमा सभामुख सुवासचन्द्र नेम्वाङले अधिवेशन आव्हानसम्बन्धी राष्ट्रपति कार्यालयको पत्र पढेर सुनाएका छन् । लगत्तै बैठक सकिएको घोषणा गरियो ।
बैठक सकिनै लाग्दा सभामुख नेम्वाङले अर्काे बैठक आजै अपराह्न पाँच बजे बोलाइएको जानकारी गराए । अपराह्न बस्ने बैठकमा प्रधानमन्त्रीले राजीनामा दिनसक्ने कार्यक्रम रहेको छ । अहिले सभामुख नेम्वाङले संसद्मा रहेका मु्ख्य दलका नेता तथा प्रमुख सचेतकहरुसँग परामर्श गरिरहेका छन् ।
अधिवेशनको पहिलो दिन अधिवेशन आव्हानको औपचारिक पत्र बाचनबाहेक खासै एजेन्डा नरहेको यसअघि बताइएको थियो । तर प्रधानमन्त्री कोइरालाले आजै राजीनामा दिने संभावना बढेपछि अपराह्न अर्काे बैठक बोलाइएको संसद सचिवालयले जनाएको छ । अबको एक हप्ताभित्र नयाँ सरकार गठन गर्न शुक्रबार संसदको पहिलो बैठक बसेको हो ।
तपाइँको प्रतिक्रिया