पुननिर्माण विधेयक संसदीय समितिबाट पारित

भूकम्पबाट प्रभावित संरचनाको पुननिर्माण गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक संसदमा पेश गर्न बाटो खुलेको छ । व्यबस्थापिका संसदको विधायन समितिको सिंहदरबार बुधबार बसेको बैठकले सर्वसम्मतले पारित गरेपछि विधेयक संसदमा पेश गर्नका लागि बाटो खुलेको हो । बिहीबारको संसदको बैठकमा अवरोध नभएमा भूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि पुनर्निर्माण प्राधिकरण गठनसम्बन्धी विधेयक संसदमा पेश हुनेछ । नेपाली कांग्रेसका सांसदहरुको फरक मत सहित विधायन समितिले विधेयक सर्वसम्मतले पारित गरेको हो । नेपाली कांग्रेसले यसअघि गरिएका नियुक्तिलाई पनि बचाउ गर्नुपर्छ भन्दै विधेयक सँगै अनुरोधपत्र संसदमा पेश गर्ने भएको छ । यसअघि नेपाली कांग्रेस नेतृत्वको सरकारको पालामा अध्यादेश मार्फत ल्याइएको विधेयक संसदले अनुमोदन नगर्दा स्वत निश्क्रिय भएको थियो। पुनर्निर्माण प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिको विषयमा प्रमुख दलहरुबीच विवाद हुँदा यो विधेयक लामो समयसम्म रोकिएको थियो।
तपाइँको प्रतिक्रिया