पुर्वी नवलपरासीको कावासोतीबाट लागु औषद् सहित ३ जना पक्राउ

शुष्मा भुषाल ।
गैँडाकोट, ३ असार ।
पुर्वी नवलपरासीको कावासोती नगरपालिकामा लागु औषद् सहित ३ जनालाई पक्राउ गरिएको छ ।
पुर्वी नवलपरासीको कावासोती नगरपालिका वडा नम्बर– ८ स्थित पुर्व पश्चिम राजमार्गमा, सबारी चेकजाँचका क्रममा प्रहरीले लागुऔषद् सहित फेला पारेको हो ।
पश्चिम बाट पुर्व तर्फ आउदै गरेको ना.७.ख ४०१ नम्बर को बस चेकजाँचका क्रममा बसमा सवार रहेका तनंहु जिल्ला बन्दिपुर नगरपालिका वडा नं ४ बस्ने २४ वर्षिय सन्दिप खड्का, सोहि नगरपालिका वडा नम्बर १ बस्ने २३ वर्षिय केशव थापा र कास्की जिल्ला लेखनाथ उपमहानगरपालिका ४ बस्ने वर्ष २३ वर्षिय बिशाल महरा लाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
उनिहरुलाइ शंकास्पद भएका आधारमा चेकजाँच गर्दा, लागु औषध डाईजापाम २० एम्पुल ,फेनारगन २० एम्पुल, नुफिन १९ एम्पुल गरी ५९ एम्पुल र नाईट्रोभेट ४ ट्याब्लेट फेला पारी लागु औषध बरामद गरिएको छ । थप अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यलय नवलपुरले जनाएको छ ।
तपाइँको प्रतिक्रिया