पुस्तकालयले शैक्षिक गतिविधिमा विधार्थिहरुलाई सहयोग पुर्याउदै

बिबेक भण्डारी ८ , विधार्थिहरुलाई शैक्षिक क्षेत्रमा अग्रसर गराउन तथा प्रविधिहरुको ज्ञान आर्जन गराउने उद्देश्यले नवलपरासीको प्रगतिनगरमा स्थापना गरिएको प्रगतिनगर स्रोत पुस्तकालयले शैक्षिक गतिविधिमा विधार्थिहरुलाई सहयोग पुर्याउदै आएको छ । २०७१ साल बैशाखमा रिड नेपाल र प्रगतिनगर पुस्तकालय विच सम्भौता भई निर्माण कार्य सुरु गरिएको हो । पुस्तकालयले निर्माणको सम्पुर्ण कार्यहरु समापन गरि २०७१ साल मंसिर २९ गते महामन्त्रि डा शशाङ कोइरालद्धार्रा पुस्तकालयको उद्घाट गरे पश्चात पुस्तकालय त्यस क्षेत्रमा संञ्चालन आएको हो । रिड नेपाल , देवचुलि नगरपालि र स्थानिय विभिन्न संघ संस्थाको सहयोगमा निर्माण गरिएको पुस्तकालयले अहिले देवचुलि नगरपालिका भित्र रहेका विधालयमा अध्ययन गर्ने विधार्थिहरुलाई विभिन्न शैक्षिक गतिविधिमा सरिक हुन सहयोग पुगेको देखिन्छ । समाजमा हुने दुर्वेशनि कसरी न्यनिकरण गर्ने तथा समाजलाई कसरी चेतना प्रदान गर्ने भनने उद्देश्य लिएर स्थापना गरिएको पुस्तकालय अगौलि सामुदायिक पुस्तकालयको समन्वयनमा निर्माण गरिएको पुस्तकालय व्यवस्थापन समितिका अध्यक्ष खिमानन्द भुषालले जानकारी गराउनुभयो । अध्यक्ष भुषलका अनुसार ०७१ सालमा रिड नेपाल र पुस्तकालय विच सम्भौता भई स्थापना गरिएको बताउनुभयो । भुषालले पुस्तकालय आधुनिक खालको रहेको बताउनुभयो । यतिबेला विभिन्न आधुनिक प्रविधिको प्रयोग बढि हुने कारणले पनि पुस्तकालयलाई मोडन बनाइएको बताउनुभयो । कुल १ कारेडको लागतमा निर्माण भएको पुस्तकालयमा रिड नेपालको ६० लाख , नगरपालिकाको १ लाख ७५ हजार स्थानिय संघ संस्थाको १६ लाखमा निर्माण गरिएको पुस्तकालयमा ६ वटा श्रेणिहरु रहेको छ । जसमा बालबालिका देखि बृद्धाबृद्धहरु सम्मको लागि जानकारी मुलक गतिविधिहरु समावेश गरिएको अध्यक्ष भुषालले बताउनुभयो । पुस्तकालयले केवल भवनमा मात्र पुस्तकालयको कार्य नगरि विभिन्न कार्यक्रमहरुको पनि आयोजना गर्दे आएको छ । पुस्तकालयले बालबालिकाहरुलाई विभिन्न तालिम , किसोरीहरुलाई विभिन्न चेतना मुलक कार्यक्रमहरु प्नि संञ्चालन गर्दे आएको अध्यक्ष भुषालले बताउनुभयो । पुस्तकालय निर्माण भए संगै त्यस क्षेत्रका विधालयमा अध्ययन गर्ने विधार्थिहरुलाई पनि शैक्षिक गतिविधि खोज्न सरल भएको छ । करिव १२ वटा विधालयका विधार्थिहरुलाई यस पुस्तकालयले प्रत्यक्ष रुपमा सरल पार्दे आएको भृकुटि इङलिस स्कुलका प्रिन्सीपल ढाकाराम भट्राइले बताउनुभयो । उहाका अनुसार पुस्तकालय निर्माण भए पछि विशेष गरेर नजिक विघालय भएका विधार्थिहरुलाई यसले सहयोग गरेको बताउनुभयो । पुस्तकालय नहुदा विधार्थिहरु स्कुल विदा हुना साथ घर गई खेल्न तर्फ लाग्थे भने अहिले पुस्तकालमा आई विभिन्न शैक्षिक कृर्याकलापहरु रमाइलो पाराले सिकिरहेको हुदा प्रगतिनगर पुस्तकालयले विधलयमा पनि यसले सहयोग पुर्याएको बताउनुभयो । पुस्तकालयलाई अझै व्यवस्थीत बनाउन आफुहरु लागि परेको पुस्तकालउका अध्यक्षले बताउनुभयो । पुस्तकालयमा हरेक शनिवार विभिन्न शैक्षिक कृयाकलाप पनि हुने गरेको ।
तपाइँको प्रतिक्रिया