पूर्ब युबराज्ञी हिमानी शाहा नवलपरासीमा

बिबेक भण्डारी माघ १८, पूर्ब युबराज्ञी हिमानी शाहा आज नवलपरासीमा हुने बिभिन्न कार्यक्रममा सहभागी हुदैहुनुहुन्छ । हिमानी पबित्र धार्मीक स्थल त्रिबेणी धामको दर्शन , गजेन्द्र मोक्ष धाममा पुजापाठ , कुडियामा एक मन्दिरको शिलन्यास , र नागरिक अभिनन्दनमा सहभागी हुने कार्यक्रम छ । हिमानी सोमवार बिहान १० बजे त्रिबेणी धाम र त्यसपश्चिात बिभिन्न कार्यक्रममा सहभागी भई हिमानी सोमवार नै साझं ५ ः ३० बजे भैरहवा एयरपोर्टबाट काठमाण्डौं फर्किने कार्यक्रम रहेको छ । हिमानी आइतवार नै नवलपरासीको परासी स्थित सण्डामा उनका मामा ओमबहादुर सिंहको घरमा आएर बसीसक्नुभएको छ ।हिमानी आएपछि सुरक्षा ईन्तजाम पनि बलीयो पारिएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया