पुर्व गृह राज्य मन्त्री देवेन्द्रराज कण्डेल माथी आज नवलपरासीमा आक्रमणको प्रयास

नेपाली काँग्रेस नवलपरासीका सभापति तथा पुर्ब गृहराज्य मन्त्रि देबेन्द्रराज कण्डेलको हत्या प्रयास गर्ने दुई भारतीय नागरीक हतियार सहित पक्राउ परेका छन । नवलपरासीको बडहरा दुबौलीमा रहेको आफनो माछा पोखरीमा जांदै गरेका कण्डेललाई लुकी छिपि बसेका भारतीय नागरीक जोगेन्द्रले गोली हान्ने
प्रयास गरेका थिए । तर उनिहरुको प्रयास असफल भएको प्रहरीले जनाएको छ । कण्डेलका सुरक्षा गार्डले तत्कालै ति दुई जनालाई नियन्त्रणमा लिएका थिए । भारत उत्तर प्रदेश ठुठीबारी बस्ने जोगेन्द पटनावारका सहयोगी उज्जवल भनीने राजाबारी भारत निबासीलाई पनि प्रहरीले पक्राउ गरेको छ । नवलपरासीका प्रहरी उपरीक्षक नलप्रसाद उपाध्यायका अनुसार भारतीय नम्मरको मोटरसाइकलमा आएका दुईजनाले एक्कासी पेस्तोल निकालेर गोली हान्ने प्रयास गर्दा कँडेलका अंगरक्षकले रोेकेका थिए ।
तपाइँको प्रतिक्रिया