पूर्वपश्चिम राजमार्ग नाजूक अवस्थामा, राजमार्गमा खाल्डा खुल्डी बढेपछि दुर्घटनाको जोखिम

गैडाकोट
पुर्व पश्चिम राजमार्ग अन्र्तगत गैंडाकोट नगरपालिका भित्रको राजमार्गमा खाल्डा खुल्डी बढेपछि दुर्घटनाको जोखिम बढेको छ । करिव १५ किलोमिटर राजमार्ग गैडाकोट नगरपालिका भित्र पर्दछ । जुन राजमार्ग छेउमा अत्याधिक मानब बस्ती रहेको छ । जसका कारण दुर्घटना पनि बढि यहि क्षेत्रमा हुने गरेको छ । त्यसै माथी बर्षातको बेला सडक बिग्रन थालेपछि त्यसले थप दुर्घटनाको जोखिम बढाएको छ । सडकमा यात्रा गर्ने यात्रुहरुले हरेक दिन बाटोको यो दुरा अवस्था देखेर सडक डिभिजनलाई लागी गर्दै यात्रा गर्ने गरेका छन् । सडकमा यात्रा गरेको भन्दै सवारी चालक सँग रकम असुल्ने अनि बाटो बनाउन तर्फ ध्यानै नदिई ज्यानमारा सडकका रुपमा सडकलाई बिकास गर्दै लगेको यात्रुहरु बताउँछन् । राजमार्गमा ढाट राखेर थर्काएर कर असुल्ने भत्केको सडक निमार्णमा ध्यानै नदिई दुर्घटना बढाउने काममा सरकारकै निकाय लागेको आरोप यात्रुहरु लगाउँछन् । गैंडाकोटको नारायणी नदि पुल देखि बेल्डिहा पुल सम्मको सडकमा ५०० बढि ठाँउमा ठुला ठुला खाडल बनेको र त्यो खाडलका कारण यात्रा गर्नै निकै समस्या भएको यात्रुहरु बताउँछन् । पानी परेका बेला त झन सडकका खाल्डा नै नदेखिने र त्यसले गर्दा दुईपाङ्ग्रे सवारीलाई झन निकै समस्या भएको उनीहरु बताउँछन् । राजमार्ग जस्तो क्षेत्रमा यस्तो हँुदा पनि बनाउनको साटो ग्राबेल हालेर झन जोखिम सृजना गरेको देखिन्छ । त्यस्तै यो सडकको छेउछाउमा अस्त ब्यस्त फालिएको फोहोरको र्दुगन्धले यात्रागर्ने यात्रुहरुलाई थप पिडा भएको छ । रागमार्ग भरि गनाएर हातले नाक थुन्ने कि सवारी चलाउने त्यो चिन्ता आफुहरुलाई भएको यात्रुहरु बताउछन् ।
(मुकुन्दसेन टेलिभिजनका लागी गुडिया गुरुङ्गको सहयोगमा बिनोद परियारको रिपोर्ट)
भिडियो रिपोर्ट
तपाइँको प्रतिक्रिया