पूर्वमाओवादीलाई २ पदाधिकारी र ४० केन्द्रीय सदस्य दिन ओली तयार

चितवन ।
एमाले १०औं महाधिवेशनअन्तर्गत चितवनमा जारी बन्दसत्रमा नेतृत्वका लागि सहमतिको प्रयास जारी छ । बन्दसत्र चलिरहँदा पूर्वमाओवादीबाट आएका नेताले अध्यक्ष केपी ओलीलाई भेटेका थिए । भेटमा २ जना पदाधिकारी र २ नेतालाई स्थायी कमिटीमा राख्न ओली तयार भएको बताइएको छ । स्रोतका अनुसार ओलीले रामबहादुर थापा ‘बादल’ लाई उपाध्यक्ष, सचिवमा टोपबहादुर रायमाझीसहित ४० जना केन्द्रीय सदस्य दिन आफू तयार रहेको बताएका छन् । एमाले उपाध्यक्षमा बादल, उपमहासचिवमा टोपबहादुर रायमाझी र सचिवमा लेखराज भट्टको दाबी छ ।
तपाइँको प्रतिक्रिया