पूर्वसूचना नदिई यातायात बन्द गरे कडा कारबाही गर्ने : जिल्ला प्रशासन कार्यालय चितवन

चितवन, असोज ४
जिल्ला प्रशासन कार्यालय चितवनले कसैलाई कुनै पूर्वसूचना नदिई सवारीसाधनका चालकहरुले यातायात बन्द गरेकोले यदि यथावत् सुचारु नगरेमा कडा कारबाहीको निर्देशन दिएको छ ।
प्रशासन कार्यालयले बिहीबार प्रेषित गरेको विज्ञप्तिमा सरकारी निकाय वा आधिकारिक ट्रेड युनियन तथा आधिकारिक व्यवसायी संघसंस्थालाई कुनै जानकारी नदिइ बिनाकारण असोज २ गतेबाट सवारी साधन बन्द गरेकोले यथाशाक्य सुचारु गर्न आव्हान गरेको छ । विज्ञप्तिमा प्रशासन कार्यालयले जिल्लाका सम्बन्धित सरोकारवालाहरुको छलफलमा संशोधन गरेको सवारी ऐन चालकको पक्षमा नै रहेको जीकिर पनि गरिएको छ । यदि बिनाकारण गरिएको यातायात बन्द फिर्ता नगरे जिल्ला प्रशासन कार्यालय स्कटिङमा सवारीसाधन चलाउन बाध्य हुने र यातायातलाई अवरोध गरे कडा कारबाही गरिने विज्ञप्तिमा उल्लेख छ । संशोधित कानुनको बारेमा जिल्ला प्रशासन कार्यालयले विभिन्न गैरसरकारी संघसंस्थाको सहकार्यमा सचेतना अभियान चलाउने पनि जनाएको छ ।
तपाइँको प्रतिक्रिया