पूर्वी चितवनमा खैरहनी महोत्सव सुरु, योजना विना मुलुक समृद्ध वन्दैन : मुख्यमन्त्री पौडेल

चितवन मंसिर १६ ।
पूर्वी चितवनमा प्रथम खैरहनी महोत्सव आईतवारदेखी सुरु भएको छ । उद्योग वाणिज्य संघ खैरहनी र खैरहनी नगरपालिकाको सयुक्त आयोजनामा हुने लदरी खोला किनारमा सुरु भएको महोत्सवको एक भव्य समारोहकाबीच प्रदेश नम्वर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले उद्घाटन गरे ।
उद्घाटन समारोहलाई सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले मुलुकको विकास भाषण मात्रै गरेर नहुने उल्लेख गर्दैै योजना र सकल्प लिनु पर्ने वताए । भाषण गरेर देश वन्दैन मुख्यमन्त्री पौडेलले भने – तीव्र विकासका लागि योजना र सकल्प लिनु पर्छ । मुलुकमा संघीयता आएपनि हिजोकै कार्यशैलीका कारण जनताले अनुभती हुने गरी काम हुन नसकेको उनले वताए । हामी हिजोकै संस्कार,पद्धति अनुसार काम गरिरहेका छौ मुख्यमन्त्री पौडेलले भने समृद्ध मुलुक निर्माणका लागि कार्यशैली,सस्कर वदल्नु पर्छ ।
साथै उनले नयाँ मोडल अनुसार विकास गर्नु पर्ने समेत वताए । क्षणिक स्वार्थ राख्दा मुलुकको विकास हुन नसकेको भन्दै उनले दिर्घकालिन सोच राख्नु पर्नेमा जोड दिए । प्रदेश सरकारले विकासका काम गर्न नसकेको भन्ने आरोपको खण्डन गर्दै मुख्यमन्त्री पौडेलले प्रदेश सरकार जहाज चढेर हिडेको छ,गन्तव्यमा पुगेपछि जनताले अनुभुती गर्ने वताए । प्रदेश सरकार भर्खर खुट्टा टेक्दै छ उनले थपे – अवको तीन चार वर्षमा ठुलो प्रगति भएको देख्न पाईनेछ । प्रदेश नम्वर ३ का भुमी व्यवस्था,कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामाले मंसिर पछि जनताले विकासको अनुभुती गर्न पाउने वताए । कृषि मन्त्री लामाले निजी क्षेत्र,सहकारी र सरकार मिलेर मुलुकको विकास गर्नु पर्नेमा जोड दिए ।
खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीले खैरहनीको विकासका लागि उद्योग,कृषि,पर्यटन र सामाजिक क्षेत्रको समानान्तर विकास गर्नु पर्ने औल्याए । महोत्सव मुल समितिका संयोजक एवंम उद्योग वाणिज्य संघ खैरहनीका अध्यक्ष चन्द्रप्रसाद सापकोटाको अध्यक्षतमा भएको उद्घाटन कार्यक्रममा प्रदेश साँसद कृष्ण प्रसाद खनाल, कंचन खनाल, पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य अरुण सुमार्गी,नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्वर ३ का उपाध्यक्ष राजन गौतम,चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, महोत्सव मेला व्यवस्थापन समितिका संयोजक रामेश्वर पोखरेल, संघका महासचिव कुमार खनाल लगायतले मन्तव्य राखेका थिए ।
उद्घाटन अघि खैरहनी नगरपालिकाको गेटदेखी विभिन्न जातजाति, संघसंस्थाको पहिचान झल्कने झाँकीसहितको शोभा यात्रा वजार परिक्रम गरि महोत्सवस्थल खैरहनी २ स्थित लदरा खोला किनारमा पुगेको थियो ।
खैरहनी महोत्सवको आकर्षण,कृषि पर्यटन,उद्योग र संस्कृतिको प्रर्वद्धन भन्ने नाराका साथ हुने महोत्सवमा करिव २ सय साधारण तथा ३ वटा विषेश स्टल रहेका छन् । महोत्सवमा २ करोडको कारोवार हुनुका साथै ४० लाख खर्च हुने संघका निवर्तमान अध्यक्ष गुणराज श्रेष्ठले वताए ।
पहिलो पटक आयोजना गरिएको महोत्सवलाई आकर्षक वनाउन लोपोन्मुख राउटे जातिको प्रर्वद्धनका लागि संस्कृति र उनीहरुको शिप प्रर्दशनी समेत महोत्सवमा गरिदैछ । साथै अन्र्तराष्ट्रिय स्तरको कुस्ती प्रतियोगितामा पनि हुनेछ । महोत्सवको पहिलो दिन राष्ट्रिय कलाकार मिलन लामा,स्थानीय कलाकार मुना अर्यालको प्रस्तुती रहेकोमा महोत्सव अवधिभर राष्ट्रिय कलाकारहरु मनोज गजुरेल,रामणी खाँड,प्रकाश सपुत,मिलन लामा,टंक वुढाथोकी, अशोक दर्जी ,रमेश राज भट्टराई,प्रमोद खरेल,भुमिका गिरी,शान्तीश्री परियार , दुर्गा सापकोटा, जादुगर वलराम सरकार लगायत स्थानीय कलाकारहरुको प्रस्तुती रहने सास्कृतिक समिति संयोजक अर्जुन लम्सालले वताए ।
तपाइँको प्रतिक्रिया