पूर्वी चितवनमा घाटिमा सल बाधेर खेल्ने क्रममा एक बालिकाको मृत्यु

नवलपुर, ३१ वैशाख ।
पूर्वी चितवनको रत्ननगर नगरपालिकामा खेल्ने क्रममा ८ वर्षिय एक बालिकाको मृत्यु भएको छ । रत्ननगर नगरपालिका वडा नम्बर १६ मा इश्वर कुमार श्रेष्ठको घर भाडाँमा बस्दै आउनु भएकि संगिता बिककी छोरी ८ वर्षीय बालिकाको मृत्यु भएको हो । विकको छोरो र घरबेटिका सानो नाति मिलेर खाटमाथि चढि झ्यालको डण्डिमा सल बाधेर घाटिमा बेरि खेलिरहेको बेलामा खाटको छेउमा खालि भएको ठाँउमा खस्दा मृत्यु भएको १६ नं वडाका वडाध्यक्ष हेमराज थापाले मुकुन्दसेन टेलिभिजनलाई जानकारी दिनु भयो ।
बिहान ९ बजे फलामको डण्डी भएको झ्यालमा खेल्ने क्रममा बालिकाले घाटिमा बाधेको सल कसिएका कारण मृत्यु भएको हो । बालिकाको घाँटीमा सलको पासो लागेका कारण गर्धन नै भाच्चिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाइँको प्रतिक्रिया