पूर्व उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गर्ने एकीकृत माओवादीको निर्णय

एकीकृत माओवादीले पार्टीका पूर्व उपाध्यक्ष डाक्टर बाबुराम भट्टराईलाई पार्टीबाट निष्काशन गर्ने निर्णय गरेको छ । प्रचण्ड निवास लाजिम्पाटमा बसेको बुधबार बसेको एमाओवादी स्थायी समिति बैठकले भट्टराईले पार्टी हित विपरित गतिबिधि गरेको भन्दै निष्काशन गर्ने निर्णय गरेको हो । भट्टराईले नयाँ शक्तिको वकालत गर्दे आएकाले स्पष्टीकरण सोधिएको तर चित्तबुझ्दो जवाफ नदिएकाले पार्टीबाट निश्काशन गर्ने निर्णय गरेको महासचिव कृष्णबहादुर महराले जानकारी दिए । त्यसैगरी बैंठकले भट्टराईका गतिबिधिलाई सहयोग पुर्याउने अरु नेता रामचन्द्र झा, रामरिझन यादव, महेन्द्र पासवान, रामकुमार शर्मालाई निष्काशन गरेको छ । बैंठकले केहि मान्छेले पार्टी छाड्दैमा कुनै असर नपर्ने भन्दै नेतृत्वप्रति असन्तुष्टी जनाउने बाँकीलाई स्पष्टीकरण सोध्ने भएको महासचिव कृष्ण वहादुर महाराले जानकारी दिनुभयो ।डाक्टर बाबुराम भट्टराईको नयाँ शक्तिमा सामेल हुने भन्दै मंगलबार २५ जना नेताले राजीनामा दिएका थिए । बैठकले पछिल्लो राजनीतिक घटनाक्रममा बिषयमा पनि छ
लफल गरेको बैठकपछि नेताहरुले जनाएका छन् ।
तपाइँको प्रतिक्रिया