पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी पराजित

रत्ननगर, ७ मंसिर ।
नेपाली कांग्रेसका नेता तथा पूर्व शिक्षा राज्यमन्त्री शेषनाथ अधिकारी केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् । कुल खसेको ९४२ मतमध्ये अधिकारीले २७२ मत मात्र प्राप्त गरेका छन् । अधिकारी पहिलो संविधान सभाको निर्वाचनमा चितवन क्षेत्र नं २ बाट निर्वाचित संविधान सभा सदस्य समेत हुन ।
संविधान सभा सदस्य सावित्रीदेवी चौधरी पनि महाधिवेशन प्रतिनिधिमा पराजित भएकी छन् ।
समावेशी थारु महिला कोटाबाट उम्मेदवारी दिएकी चौधरीलाई चन्द्रकुमारी चौधरीले पराजित गरेकी हुन ।
तपाइँको प्रतिक्रिया