पेट्रोलको मूल्य ४ रुपैयाँ घटेर आयो, बेलुकासम्म मूल्य समायोजन

काठमाडौँ, ५ वैशाख । भारतबाट पेट्रोलको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी) सोमबार पठाएको पेट्रोलियम पदार्थको नयाँ मूल्यसूचीअनुसार पेट्रोलको मूल्यमा करिब चार रुपैयाँ घटेको छ । डिजेल र हवाई इन्धनको मूल्य भने बढेर आएको नेपाल आयल निगमले जानकारी दिएको छ ।
आयल निगमका अनुसार डिजेलको मूल्यमा प्रतिलिटर २ रुपैयाँ २ पैसा र हवाई इन्धनमा ३८ पैसा बढेको छ । यही मूल्यअनुसार सोमबार बेलुकासम्म मूल्य समायोजन गर्ने निगमले जानकारी दिएको छ ।
तपाइँको प्रतिक्रिया