पेट्रोलियम पदार्थमा मूल्यवृद्धि गरेको भन्दै नेपाल बन्दको घोषणा

नवलपुर, २५ कार्तिक ।
नेपाल आयल निगमले चर्काे मूल्यवृद्धि गरेको विरोधमा नेपाल बन्द घोषणा गरिएको छ । मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्द घोषणा गरेको हो ।नेकपाले मूल्यवृद्धि बिरुद्ध सशक्त प्रतिरोध संघर्षमा उत्रन सबै जनवर्गीय संगठन र समस्त जनसमुदायमा अपिल गरेको छ । साथै जनभावनाको कदर गर्दै मूल्यवृद्धि खारेज गर्न समेत सरकारसँग माग गरेको छ । नेकपाका महासचिव विप्लवले बिहीबार प्रेस विज्ञप्ती गर्दै संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ ।
यस्ता छन् आन्दोलनका कार्यक्रम
तपाइँको प्रतिक्रिया