पोखरामा नो हर्नः बजाउनेलाई आजबाट कार्बाही

१ भदौ, पोखरा ।
के तपाईं पोखरामा जथाभावी हर्न बजाउँदै हुनुहुन्छ ? यदि बजाउँदै हुनुहुन्छ भने आजदेखि होसियार ! पोखरा लेखनाथ महानगरपालिका भित्र अनावश्यक हर्न बजाए आजबाट कार्वाही हुनेछ । हर्न निषेधित क्षेत्र घोषणा गरेको एक महिनापछि पोखरामा आजदेखि कार्बाही सुरु भएको हो ।
यसअघि, ट्राफिक प्रहरी कार्यालय कास्कीले विभिन्न संघसंस्थाको सहयोगमा एक महिने ट्राफिक अभियान सञ्चालन गरेको थियो ।
साउन मसान्त अर्थात बुधबार अभियान सकिएकाले आजदेखि कार्बाही सुरु भएको जिल्ला ट्राफिक कार्यालय कास्कीका सूचना अधिकारी तथा प्रहरी नायव निरीक्षक शिव थापाले जानकारी दिए । उनका अनुसार, आजदेखि आकस्मिक र घुमाउरो बाटोबाहेक अन्य बेला हर्न बजाए पहिलोपटकमा पाँच सय जरिवाना गरिनेछ । दोस्रोपटक उल्लंघन गरे एक हजार र त्योभन्दा बढीपटक उलंघन गर्नेलाई एक हजार ५ सय रुपैयाँसम्म जरिवाना हुनेछ ।
हर्नका कारण ध्वनी प्रदूषण हुने र त्यसले मानव स्वास्थ्यमा नकारात्क असर गरेको भन्दै पोखरा लेखनाथ महानगरपालिकाले साउन १ गतेदेखि पोखरालाई हर्न निशेधित क्षेत्र घोषणा गरेको थियो ।
तपाइँको प्रतिक्रिया