पौडेलको निर्शत रिहाईको माग गर्दै परासीमा यातायात व्यवसायी आन्दोलित

नवलपरासी , भदौ ५ ,मध्यनेपाल यातायात व्यवसायी समितीको आन्दोलनको कारण नवलपरासीको परासी क्षेत्रमा यातायात सेवा ठप्प भएको छ । यातायात व्यवसायी समितीका अध्यक्ष ऋषिराम पौडेल लाई प्रहरीले नियन्त्रणमा लिएको भन्दै व्यवसायी आन्दोलित भएका हुन् । पौडेलको निशर्त रिहाईको माग गर्दै परासी र सुनवलमा आ आफ्ना सवारी साधन सडकमा राखेर प्रदशर्न गर्दा यात्रु लाई समस्या परेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार पौडेलले प्रहरी माथी दुव्यवहार गरेको कारण नियन्त्रणमा लिएको वताएपनी यातायात व्यवसायीले भने सामान्य भनाभनको आधारमा योजनावद्ध ढंगले फसाईएको समितीका सदस्य यज्ञ प्रसाद पौडेलले जानकारी दिनुभयो । मध्यनेपाल यातायातले सुनवल – परासी, भैरहवा –परासी –भुमही सडकखण्डमा यायातात सञ्चालन गर्दै आईरहेको छ । मध्यनेपाल यातायातमा करीब २ सय गाडी आवद्ध छन् ।
तपाइँको प्रतिक्रिया