पौडेल पक्षलाई ५ मन्त्री दिन सहमत भएपछि नेपाली कांग्रेसमा भागबण्डाको विवाद मिल्यो

९ भदौ। नेपाली कांग्रेसमा भागबण्डाको विवाद मिलेको छ । सभापति शेरबहादुर देउवा रामचन्द्र पौडेल पक्षलाई ५ मन्त्री दिन सहत भएपछि विवाद मिलेको हो । पार्टी सभापति देउवा निवासमा बसेको बैठकले संस्थापन पक्षबाट ८ र पौडेल पक्षबाट ५ जनालाई न्त्री बनाउने टुंगो लगाएको नेता प्रकाशशरण ममतले जानकारी दिनुभयो । मन्त्रीको नाम पनि दुवै पक्षले तय गरेका छन् ।तर कसलाई कुन मन्त्रालय दिने भन्नेमा टुङ्गो नलागेकाले दुवैपक्षले आन्तरिक छलफल पनि सयुक्त बैठक बसेर टुङ्गो लगाउने छन् । दुई दलले छुट्टा छुट्टै बैठक बसेर मन्त्रीको नमम तय गर्ने शैलीमा छलफल भइरहेका छन् ।कांग्रेसबाट मन्त्रीको टुंगो लागेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नेछन् ।
तपाइँको प्रतिक्रिया