पौष पहिलो साता–‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी’ हुने

काठमाण्डौँ, २८ कार्तिक ।
आगामी पौष २, ३ र ४ गते ‘छैठौं चितवन अन्तराष्ट्रिय औद्योगिक प्रर्दशनी–२०७८’ आयोजना हुने भएको छ । चितवन उद्योग संघले आयोजना गर्दै आएको सो मेला चितवन प्रर्दशनी केन्द्र, भरतपुरमा आयोजना गर्न लागिएको आईतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो । प्रर्दशनीमा राष्ट्रिय तथा अन्तराष्ट्रिय गरी २ सयभन्दा बढि स्टलहरु रहनेछन । उद्योग क्षेत्रमा भित्रिएका नयाँ प्रविधि हस्तान्तरण गर्ने, नेपाली उत्पादनहरुको बजारीकरणका लागि सहज गर्न र नयाँ उद्योग खोल्न चाहनेहरुलाई आकर्षण गर्नका लागि सो प्रर्दशनी आयोजना गर्न लागिएको चितवन उद्योग संघका अध्यक्ष त्रिलोचन कँडेलले जानकारी दिनु भयो ।
प्रर्दशनीमा राष्ट्रिय आविष्कार केन्द्र पनि सहभागी हुने भएको छ । उद्योगी र उद्यमीहरुलाई चेपुवामा पार्ने परम्पराको अन्त्य गर्दै आफूले सकेको उद्यम गरेर देशको सेवा गर्न यस्ता खालका प्रर्दशनीहरु आयोजना हुने गरेको केन्द्रका अध्यक्ष महाविर पुनले बताउनु भयो । उहाँले देशको सेवाका लागि केही योगदान गर्न सकिन्छ भनेर आफूहरुले पनि सो प्रर्दशनीमा भाग लिने निर्णय गरेको बताउनु भयो । प्रर्दशनीमा निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ । लघु, घरेलु तथा साना उद्योगहरुलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने स–साना औंजार, मेसिनदेखि ठूला उद्योगका अत्याधुनिक यन्त्र, उपकरणहरु र पूर्वाधार निर्माणमा प्रयोग हुने यन्त्र उपकरणहरु पनि प्रर्दशनीमा राखिनेछ ।
तपाइँको प्रतिक्रिया