पौष १५ गते गण्डकी प्रदेशमा सार्वजनिक विदा

१३ पौष , पोखरा
गुरुङ जातिको महत्वपूर्ण पर्व तमु ल्होसार धुमधाम साथ मनाउने तयारी भईरहेको छ । गण्डकी प्रदेशले ल्होसारको दिन विदा दिएपछि तमुहरुले आफनो पर्व धुमधाम साथ मनाउने तयारी गरेका छने ।। तमु ल्होसारको अवसरमा पुस १५ गते गण्डकी प्रदेश सरकारले सार्वजनिक विदा दिएको हो । मन्त्रिपरिषद बैठकले सार्वजनिक बिदा दिने निर्णय गरेको सरकारका प्रवक्ता तथा भौतिक पूर्वाधार विकासमन्त्री रामशरण बस्नेतले दिए । गण्डकीमा गतवर्ष पनि सरकारले पुस १५ गते बिदा दिएको थियो ।
तपाइँको प्रतिक्रिया