पौष १५ गते सार्वजनिक बिदाको माग

पौष ६ , चितवन
गुरुङ समुदायले पौष १५ गते तमु ल्होसार पर्ने भएकोले राष्ट्रिय बिदा दिन सरकारसँग माग गरेका छन् । गुरुङ समुदायकोे मुख्य पर्व तमु ल्होसारको दिन सरकारले बिदा कटौती गरेपछि उनीहरुले राष्ट्रिय बिदाको माग गरेका हुन । आफनो संस्कृति संरक्षण गर्नका लागि राष्ट्रिय बिदा हुनुपर्ने माग राख्दै आईतबर देशैभर विरोध प्रदर्शन गरीएको थियो । तमु ह्युल छोज धिं गुरुङ राष्ट्रिय परिषदका केन्दि«य वरिष्ठ उपाध्यक्ष कर्णबहादुर गुरुङले विगतका वर्षहरुमा सार्वजनिक रुपमा ल्हासोर पर्वको बिदा पाईरहे पनि वर्तमान सरकारले सार्वजनिक बिदा कटौती गरेकोले आफनो महान चाड मनाउन निकै कठिन भएको बताउनुभयो ।
सरकारले विभिन्न जातजातिका पर्व सबैको साझा हो भन्ने अनुभुति गराउन साथै बिभेद र असमानताको अन्तको लागि तमू ल्होसार लगायत अन्य आदिवासी जनजाति समुदायको मूख्य चाडपर्वहरुमा सार्वजनिक विदा नदिएमा अहिले साङ्केतिक रुपमा मात्र आन्दोलन गरेको भएपनि विभिन्न आन्दोलनका कार्यक्रमहरु घोषणा गर्ने उपाध्यक्ष गुरुङले बताउनुभयो ।
ल्होसारमा सार्वजनिक बिदाको माग गर्दै आइतबार पुलचोकमा प्रदर्शन गरिएको थियो । विरोध कार्यक्रममा चितवन तथा नवलपरासीका गुरुङ समुदायका करिब २००० जनाको उपस्थिति रहेको थियो ।
२०६२÷२०६३ को जनआन्दोलनपछि गठित अन्तरिम सरकारले गुरुङहरुको तमु ल्होसारसहित अन्य जनजातिका पाँच पर्वमा सार्वजनिक बिदा दिएकामा वर्तमान सरकारले कटौती गरी सम्बन्धित जातिलाई मात्रै बिदा दिने निर्णय गरेको थियो ।
तपाइँको प्रतिक्रिया