प्रचण्डद्वारा १६ बुदे सहमतिका हस्ताक्षरकर्ता दलबीच फुट ल्याउने षड्यन्त्र भइरहेको आरोप

एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले १६ बुदे सहमतिका हस्ताक्षरकर्ता दलबीच फुट ल्याउने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ । एकीकृत नेकपा माओवादीले आईतबार काठमाडौमा गरेको अन्तक्र्रिया कार्यक्रममा अध्यक्ष प्रचण्डल संधिवान नचाहने शक्तिले तीन दलबीचको एकता भाँड्न अध्याँरो कोठामा बसेर षड्यन्त्र गरिरहेको आरोप लगाउनुभएको हो । उहाले संविधान जारी गर्न महत्वपुर्ण भूमिका निर्वाह गरेका तीन दलबीचको एकता स्थानीय निकायको निर्वाचन र संघीय प्रदेशको निर्वाचन नभएसम्म कायम हुनुपर्ने बताउनुभयो । संविधान कार्यान्वयन गर्न, स्थानीय निकायको निर्वाचन गर्न तथा प्रदेशसभाको निर्वाचन गर्न सबै दलबीच सहमति आवश्यक रहेको बताएका दाहालले १६ बुँदे सहमतिका हस्ताक्षरकर्ता दलबीचको एकता अपरिहार्य रहेको जिकिर गर्नुभयो । आफ्नो दललाई प्रधानमन्त्री र राष्ट्रपति केही नचाहिएको बताउँदै प्रचण्डले तीन दलवीचको एकता अझै कायम राख्नुपर्ने धारणा पनि राख्नुभयो । थारु र मधेसीले उठाएका जायज मागहरुलाई संविधान संशोधनमार्फत् चाँडो सम्बोधन गरिनुपर्नेमा प्रचण्डले जोड दिनुभयो । असन्तुष्ट पक्षको मागलाई सम्बोधन गरेर विजय गच्छदार र र थारुहरुलाई पनि सरकारमा सहभागी गराई सहमतीय सरकार बनाउनुपर्ने उहाको भनाई थियो ।
तपाइँको प्रतिक्रिया