प्रचण्डपछि माधव नेपाल प्रधानमन्त्री बन्नुहुन्छ : नेपाली कांग्रेसका नेता डा.शशांक कोइराला

फाल्गुन १८, काठमाडौं
प्रचण्डपछि नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल प्रधानमन्त्री बन्ने सहमती भएको नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले बताएका छन् । राष्ट्रपतिमा रामचन्द्र पौडेललाई समर्थन गर्ने ८ दलले सांसदलाई प्रशिक्षण कार्यक्रमअघि सञ्चारकर्मीसँग कुरा गर्दै उनले माधव नेपाल एक वर्षका लागि प्रधानमन्त्री बन्ने बताए ।
२५ गतेपछि अर्को गठबन्धन बनेर प्रधानमन्त्री देउवा बन्नुहुन्छ भन्ने चर्चा छ नि भन्ने पत्रकारहरुको प्रश्नमा उनले शेरबहादुरजीले यही सरकार टिकाउनु हुन्छ । हामी सरकारमा जान्छौँ । त्यसपछि बीचमा माधव नेपाल पनि एक वर्षका लागि प्रधानमन्त्री बन्ने कुरा बताउनुभएको हो । अन्तिममा चुनावी सरकारको नेतृत्व देउवाले नेतृत्व गर्ने पनि उनको भनाई थियो ।
नयाँ मान्छेहरुलाई प्रशिक्षण दिन कार्यक्रम आयोजना गरेको र क्रस हुने सम्भावना पनि रहेको कारण हामीले कसरी भोट गछौं भनेर प्रशिक्षणका लागि सांसद जम्मा गरेको बताउनुभयो । गोप्य मतदान भएको र ह्वीप पनि नलाग्ने कारण भोट क्रस हुने सम्भावनालाई हटाउन यो कार्यक्रम आयोजना गरिएको उनको तर्क थियो । उनले मन्त्रिपरिषद् विस्तार चाडै हुने बताउँदै आफू सरकारमा जाने कुरा अहिल्यै भन्न नसक्ने बताए ।
तपाइँको प्रतिक्रिया