प्रजनन् केन्द्रमा हुकर्दे आएका गिद्धहरुलाई नवलपुरको प्रकृतिमा पुर्नवास

बिबेक भण्डारी , दुलर्भ गिद्ध संरक्षण गर्ने उद्देश्यले स्थापना गरिएको जटायु रेष्टुरेण्ट कावासोती ७ मा थप ६ वटा गिद्धहरु ल्याइएको छ । शनिवार एक कार्यक्रमको आयोजना गरि चितवनको कसरा देखि सो गिद्धहरु नवलपरासी ल्याएको हो । प्रकृतिको खुल्ला क्षेत्रमा गिद्धको संरक्षण उपयुक्त तरिकाले हुने हुदा नवलपरासीको पिठौली स्थीत जटायु रेष्टुरेण्टमा ल्याइएको हो । दुलर्भ गिद्धको संरक्षण गर्न २००६ सालमा समुदायको पहल, आर एस पी बि र नेपाल पंक्ष संरक्षण संघको संयुक्त सहकार्यमा संञ्चालमा ल्याइएको गिद्ध संरक्षण केन्द्रमा हाल करिव १ सय ८७को हाराहारीमा गिद्धहरु रहेको जटायु रेष्टुरेण्टका व्यवस्थापक डि वी चौधरीले जानकारी दिनुभयो । उहाका अनुसार गिद्ध संरक्षण्मा समुदायको तर्फबाट सहयोगको कारण कावासोतीको पिठौलीमा गिद्ध संरक्षण गर्न सकिएको बताउनुभयो । राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभागका प्रमुख मनबहादुर खड्का , राष्ट्रिय पंक्षि संरक्षण संघका सचिव गोविन्द गजुरेल लगायतको सहभागितामा चितवन बाट ल्याइएका ६ वटा गिद्धहरु जटायुमा छाडिएको हो । प्रजनन् केन्द्रमा हुकर्दे आएका गिद्धहरु लाई प्रकृतिमा पुर्नवास कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय निकुञ्ज वन्यजन्तु विभागका प्रमुख मनबहादुर खड्काले लोप हुने अवस्थामा रहेका गिद्धहरुको संरक्षण गर्ने उद्देश्यले चितवनको कसरामा पालिएका गिद्धहरुलाई प्रकृतिको माहोलमा समावेश गराउन चितवन बाट नवलपरासीमा गिद्धलाई प्रकृतिक पुर्नवास गराइएको जानकारी दिनुभयो । चितवनबाट ल्याइएका ६ गिद्धहरुलाई तत्काल प्रकृतिमा खुल्ला नछाडि पहिले प्रकृतिमा रहेका गिद्धका कृर्याकलाप देखाउने र जटायुको वातावरणमा चितवनका गिद्धहरु रहन सक्ने अवस्था सृजना भएमा खुल्ला रुपमा छाडिने प्रकृया रहेको खड्काले बताउनुभयो । कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधि , त्रि वि का प्रध्याप , चराविद् लगाएको सहभागिता रहेको थियो । २२ औँ बन्यजन्तु सप्ताहाको अवसरमा सो कार्यक्रमको आयोजना गरिएको थियो ।
तपाइँको प्रतिक्रिया