प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिने

काठमाडौं, माघ ६
प्रतिनिधिसभाका नवनिर्वाचित सभामुख देवराज घिमिरेले आज पद तथा गोपनियताको शपथ लिने भएका छन् ।
आज बिहान ११ बजे राष्ट्रपति कार्यालय शितल निवासमा सपथग्रहण कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ । सभामुखले राष्ट्रपतिसँग सपथ लिने संसदको नियमावलीमा व्यवस्था रहेको छ ।
सत्ता सझेदारको तर्फबाट उम्मेदवार बनेका घिमिरे बहुमतका साथ बिहीबार निर्वाचित भएका हुन् । घिमिरेले १६७ मत प्राप्त गर्दै सभामुखमा निर्वाचित भएका हुन् । विपक्षी गठबन्धनबाट उम्मेदवार बनेकी नेपाली कांग्रेसकी ईश्वरीदेवी न्यौपानेले १०० मत पाइन् । प्रस्तावको मत दिन्न भन्ने पक्षमा १ मत परेको थियो ।
तपाइँको प्रतिक्रिया