प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजेपछि अन्त्य हुँदै

काठमाडौं, असोज १
प्रतिनिधिसभाको कार्यकाल आज राति १२ बजेपछि अन्त्य हुँदैछ ।
प्रतिनिधिसभाको पाँच वर्षको कार्यकाल आज रातिदेखि सकिन लागेको हो ।
शनिबार मध्यरातदेखि संसदको ११ औँ अधिवेशन अन्त्य गर्नका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले गरिसकेको छ ।
आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि समानुपातितर्फका उम्मेदवारको बन्दसूची असोज २–३ मा बुझाउने निर्वाचन कार्यतालिका भएकाले सोभन्दा अगाडि नै प्रतिनिधिसभाको आयु सकिने प्रावधान छ ।
तपाइँको प्रतिक्रिया