प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा उपनिर्वाचन हुँदैं

चितवन, बैशाख १०
आज प्रतिनिधिसभातर्फ रिक्त रहेको तीन क्षेत्रमा उपनिर्वाचन हुँदै छ । तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुन लागेको हो । गत संसदीय निर्वाचनमा चितवनबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता मुद्दामा अदालतले फैसला गरेपछि उनको पद गएको थियो ।
यस्तै, तनहुँबाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति निर्वाचित भएसँगै उक्त क्षेत्र र बाराबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपति बनेपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुन लागेको हो । निर्वाचन आयोगले तीनै क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ ।
तपाइँको प्रतिक्रिया