प्रतिपक्ष मै बस्छु : लालवाबु पण्डित

सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले एमाले सरकारमा नगए प्रतिपक्ष मै बस्ने बताउनु भएको छ । रफत सञ्चार क्लबले आइतबार भक्तपुरमा आयोजना गरेको साक्षातकार कार्यक्रममा उहाँले विगतमा भएका सहमतिलाई कार्यान्वयन नगरि बहुमतिय प्रक्रियामा गए एमाले प्रतिपक्षमै बस्ने सम्भावना बढेको बताउनु भएको हो । राष्ट्रपतिले ७ दिनको समय दिईरहँदा राजनीतिक समिकरण र नयाँ नयाँ धुव्रिकरणहरु देखिने क्रम जारी रहेकाले समेत अबको सरकार सहमतिको भन्दा पनि बहुमतिय आधारमा निर्माण हुने उहाँको टिप्पणी थियो । उहाँले विश्वकै सर्वाेत्कृष्ट संविधान नेपालका जनप्रतिनिधिहरुबाट निर्माण भएको भन्दै कुनै पनि बैदेशिक हस्तक्षेप नेपालीलाई शैह्य नहुने बताउनु भयो ।
तपाइँको प्रतिक्रिया