प्रथम ऐतिहासिक देवचुली महोत्सवको तयारी तिव्र

फागुन-३, बिबेक भण्डारी, देवचुली उधोग वाणिज्य संघको आयोजनामा यहि फागुन ६ गते देखी १६ गते सम्म हुने प्रथम ऐतिहासिक देवचुली महोत्सवको तयारी तिव्र रुपमा भईरहेको छ । आयोजकले स्थानीय संघ संस्था, राजनैतिक दल, बिभिन्न समिति तथा समूह, बिद्यालय तथा ब्याबसयीक प्रतिष्ठान लगाएत सम्बन्धित सबै संग अन्तरकृया, स्टल तथा भौतिक संरचना निर्माण, प्रचार प्रसारका कार्य तिब्र रुपमा भैरहेको महोत्सव मुल समारोह समितिका संयोजक धर्मराज वस्यालले जानकारी दिनुभयो । महोत्सवको तयारीमा देवचुली नगरपालीका भित्र रहेका वडा नागरीक मञ्चका संयोजकहरुले निमन्त्रणा वितरणको कार्यलाई तिव्ररुपमा अगाडि वढाएका छन् । संयोजकहरु प्रत्येक घरमा पुगेर महोत्सवमा निमन्त्रणा गरेका हुन् । महोत्सवलाई भव्य वनाउन स्टल व्यवस्थापन, प्रायोजक तथा सह प्रायोजकहरुसंग छलफल पनि उत्तिकै तिब्र रुपमा अगाडी बढेको महोत्सव मुल समारोह समितिका संयोजक वस्यालले बताउनुभयो । महोत्सवको उदघाटन प्रधान मन्त्री पुष्पकमल दाहाल ले गर्ने कार्यक्रम छ । महोत्सवमा १ लाख ५० हजार दर्शकले अवलोकन गर्ने आयोजक ले अपेक्षा गरेको छ ।
तपाइँको प्रतिक्रिया