प्रथम गैँडाकोट नगरपालिका फुटसल कप २०७५ अमरापुरीमा सुरु

गैँडाकोट, २५ असार ।
प्रथम गैँडाकोट नगरपालिका फुटसल कप २०७५ सोमबार देखि सुरु भएको छ । शहरी क्षेत्रमा लोकप्रिय रहेको फुटुसल खेल, यस क्षेत्रमा विकास गर्ने उद्धेश्ले अमरापुरी खेलमैदानमा प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको सोमबार एक कार्यक्रमका विच गैँडाकोट नगरपालिकाका, प्रमुख छत्रराज पौडेलले उद्घाटन गर्नूभएको छ ।
कार्यक्रम लाई सम्बोधन गर्दै नगर प्रमुख पौडेलले एउटा खेलाडीको माध्ययमबाट सिंगो देशको पहिचान कायम हुनसक्ने भन्दै खेलकुदको विकास अपरिहार्य रहेको धारणा राख्नुभयो । उहाँले नगरपालिकामा खेलकुदको विकास गर्न, सुविधा सम्पन्न खेलमैदान विकासको अभियान अगाडी बढाउन लागेको बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समिति नवलपरासी वर्दघाट सुस्ता पुर्वका अध्यक्ष विकास कुमार केसीले नवलपुरमा खेलकुद क्षेत्रको विकासका निम्ति जिल्ला खेलकुद विकास समितिले सधै सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गर्नूभयो । कार्यक्रममा गैँडाकोट १५ का वडाध्यक्ष रामकुमार श्रेष्ठले युवाहरुको खेलकुदका क्षेत्रमा सहभागिताले शिर्जनशिलतामा वृद्धि हुने बताउदै खेल अनुसासन पालना गर्दै अघि बढ्न समेत आग्रह गर्नुभयो ।
फुटसल खेल बजारी क्षेत्रमा मात्र सिमित बनेको सन्र्दभमा, गाउँघरमा समेत यसको विकास गर्न प्रतियोगिताको आयोजना गरिएको आयोजक रेनबो युथ क्लबका अध्यक्ष विवेश न्यौपानेले बताउनुभएको छ । न्यौपानेले यस क्षेत्रको खेलकुद विकासको निम्ति गैँडाकोट नगरपालिकाले ठुलो सहयोग गरेको बताउनुभयो ।
यस्तै, जिल्ला फुटवल संघका महासचिव लक्ष्मण कार्कीले खेलकुद क्षेत्रको विकासका लागी गैँडाकोट नगरपालिकाले सहयोग गरेकोमा आभारी प्रकट गर्नुभयो । उहाँले मुकुन्दसेन टेलिभिजन संग कुराकानी गर्दै खेलकुद क्षेत्रको विकास र प्रवद्र्धनका निम्ति नगरपालिकाले सरोकारवाला संग समन्वय गदै आएको बताउुनभएको हो ।
यसै बिच सोमबार २ खेल सम्पन्न भएका छन् । खेलअन्र्तगत पहिलो खेल, सोमबार कुलेनी फुटसल समुह र १७ नं फुटसल समुह यस्तै भैरव फुटसल समुह र ढोडेनी फुटसल समुह विच खेलभएको आयोजकले जानकारी दिएको छ । जारी खेलकुद अमरापुरी खेलमैदानमा संचालन भैरहेको छ । सोमबार बाट सुरु भएको खेलकुद प्रतियोगिता आगामी असार ३० गते सम्म हुने आयोजक रेनबो युथ क्लबका सचिव हरि रेग्मीले बताउनुभयो ।
तपाइँको प्रतिक्रिया