प्रदेश नंम्बर ४ मा सडक संजाललाई पहिलो प्राथामिकता : प्रदेश मन्त्री बस्नेत

राजन खरेल,
गैँडाकोट, २७ असार ।
प्रदेश नंम्बर– ४ का भौतिक पुर्वाधार तथा विकास मन्त्री रामशरण बस्नेतले प्रदेश नम्बर ४ को विकास गर्न सडक संजाललाई पहिलो प्राथामिकता दिएको बताउनुभएको छ । प्रदेश नम्बर ४ मा सडक सञ्जाल विस्तार नभैसकेको सन्र्दभमा प्रदेश सरकारले, सडक संजाललाई पहिलो प्राथामिकता दिएको मन्त्री बन्नेतले बताउनुभएको हो । बुधबार पुर्वी नवलपरासी जिल्लाका स्थानिय तहको अवलोकन गर्नेक्रममा गैँडाकोट नगरपालिकाका जनप्र्रतिनिधी भेटघाटमा रहेका मन्त्री बस्नेतले यस्तो बताउनभयो ।
नवलपुर, प्रदेश नम्बर ४ मा प्रचुर सम्भावना बोकेको थलो भएकाले यहाँको सम्भावना राम्रो रहेको मन्त्री बस्नेतले ठोकुवा गर्नुभयो । नवलपुरको विकासका लागी कृषि क्षेत्रलाई प्राथामिकतामा राखेको बताउनुभएको छ । नवलपुरमा उर्भर खेतियोग्य जमिन प्रसस्तै रहेको हुदाँ प्रदेश सरकारले, कृषि र सिंचाईलाई प्राथामिकता दिएको बताउनुभएको छ ।
उहाँले , कोरला बाट त्रिवेणी जोड्ने बाटोको निर्माण ५ वर्षभित्रै सक्ने योजना रहेको भन्दै प्रदेशमा सहज सडक सञ्जाल बन्ने दाबी गर्नुभयो । यहाँका धार्मिक तथा पर्यटकिय स्थलको प्रर्वद्धन गरि धार्मिक पर्यटकिय थलोको रुपमा विकास गरिने मन्त्रि बस्नेतले बताउनुभयो ।
फरक प्रसंगमा प्रदेश नंम्बर ४ का भौतिक पुर्वाधार तथा विकास मन्त्री बस्नेतले गैँडाकोट नगरपालिकाको विकास निर्माण गर्न गैँडाकोट नगरपालिकाका प्रमुख छत्रराज पौडेलसंग आफ्नो सिधा सम्पर्क भैरहेको जानकारी गराउदै प्रमुख पौडेलसंग समन्वय गरि यहाँको विकास निर्माणमा सहायता पुर्याउने बताउनुभयो ।
समारोहमा गैँडाकोट नगरपालिकाको तर्फबाट नगर प्रमुख छत्रराज पौडेलले मन्त्री बस्नेतलाई स्वागत गर्दै नगरपालिकाका समस्या बारे जानकारी गराउनुभएको थियो । नगरप्रमुख पौडेलले नगरपालिकाको विकासका लागी प्रदेश सरकारले प्राथामिकता दिनुपर्ने योजना बारे मागपत्र समेत हस्तान्तरण गर्नुभयो ।
समारोहमा प्रदेश नम्बर ४ का प्रदेश सांसद कृष्णचन्द्र नेपाली, जनकलाल श्रेष्ठ, गैँडाकोट नगरपालिकाका उप–प्रमुख विष्णुकुमारी कंडेल, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आर्चाय, नगरकार्यपालिका सदस्य लगायतको उपस्थिती रहेको थियो ।
तपाइँको प्रतिक्रिया