प्रधानन्यायाधीश जवराले इजलास तोकेपछि आज १८६ मुद्दाको सुनुवाइ हुँदै

काठमाडौं, १ मंसिर ।
सर्बोच्चमा आज १ सय ८६ मुद्धाको सुनुवाई हुदै छ । बारको धर्ना र असन्तुष्ट न्यायाधीशहरूको बहिष्कारका बीच आज मुद्धाको सुनुवाई हुन लागेको हो । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ९ इजलास गठन गरेपछि ती इजलासमा १८६ मुद्दाको पेसी चढाइएको छ । आज दुई एकल र सात संयुक्त इजलास तोकिएको छ ।
प्रधानन्यायाधीशको राजीनामा एक मात्र एजेण्डा बनाएर असन्तुष्ट ‘विद्रोही न्यायाधीश’ मा विभाजन आइसकेको छ । हिजो पनि ६ न्यायाधीश इजलास फर्केर नियमित मुद्दाको सुनुवाइ गरिसकेका छन् । संवाद र वार्ताबाट समाधान खोज्न जबराले गरेको आग्रहलाई बारले अस्वीकार गर्दै आएको छ ।
तपाइँको प्रतिक्रिया