प्रधानमन्त्रीद्धारा उर्जामन्त्री ज्ञवाली बर्खास्त, करोडौ रुपैयाँ गडबड गरेको अख्तियारको निष्कर्ष

असोज १५, काठमाण्डौ । प्रधानमन्त्री सुशील कोइरालाले उर्जामन्त्री राधा ज्ञवालीलार्इ बर्खास्त गरेका छन् । विवादमा तानिएका खेलकुद मन्त्री पुरुषोत्तम पौडेललको राजीनामा सँगै उर्जामन्त्री ज्ञवालीमा बर्खास्तीमा परेकी हुन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कारबाही गर्न सिफारिस गरेपछि प्रम कोइरालाले दुबै मन्त्रीलार्इ राजीनामा दिन निर्देशन दिएका थिए । प्रधानमन्त्री कोइरालाले अख्तियारले कारबाही सिफारिस गरिसकेका दुबै मन्त्रीलार्इ फिर्ता बोलाउन भन्दै मंगलबार एमाले अध्यक्ष केपी ओलीलार्इ फोन गरेका थिए । उर्जामन्त्री ज्ञवालीले भने साताअघि नै राजीनामा दिन आफूले दिएको निर्देशन अटेर गरेपछि प्रम कोइरालाले बर्खास्त गरेका हुन् ।
उर्जामन्त्री ज्ञवालीले सोलु करिडोर निर्माणका क्रममा भएको ठेक्का सम्झौतामा करिब २६ करोड रुपैयाँ गडबड गरेको ठहर गर्दै अख्तियारले उनीमाथि कारबाहीको सिफारिस गरेको थियो ।
सोलु कोरिडर १३२ केभी प्रसारण लाइनको ठेक्का व्यवस्थापन प्रक्रियामा ऊर्जामन्त्री राधाकुमारी ज्ञवालीले राज्यलाई करोडौँ नोक्सान पुयाएको ठहर अख्तियारले असोज १ गते गरेको छ ।
तपाइँको प्रतिक्रिया