प्रधानमन्त्रीले देखाउनका लागी मात्र संबिधान संसोधन दर्ता : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी ओलीले प्रधानमन्त्रीले देखाउनका लागी मात्र संबिधान संसोधन दर्ता गराउन खोजेको आरोप लगाउनुभएको छ । जितिया पर्वका अबसरमा अखिल नेपाल महिला संघले शुक्रबार काठमाडौमा गरेको कार्यक्रममा अध्यक्ष ओलीले कसैसंग सरसल्लाह नै नगरी मधेशवादी दललाई देखाउनका लागी मात्र प्रधानमन्त्री सुशील कोईरालाले संबिधान संसोधन गराएको आरोप लगाउनुभएको हो । संबिधान संसोधन प्रधानमन्त्रीको एकलौटी निर्णय भएको भन्दै अध्यक्ष ओलीले पार्टीको निर्णय भएको भए केन्द्रिय कमिटिबाटै निर्णय गराउन चूनौति पनि दिनुभयो । संबिधान केहि समयको नभई सयौ बर्षसम्मका लागी भएकाले यसले जनताको अधिकार सुनिश्चीत गरेको भन्दै उहाले एमाले संसोधनको पक्षमा नरहेको स्पस्ट पार्नुभयो । अध्यक्ष ओलीले बिगतमा दलहरुबिच भएको सहमति अनुसार अबको सरकारको नेतृत्व नेकपा एमाले गर्ने भन्दै उहाले एक साता भित्र संसदबाट सहमतिको सरकार निर्माण हुने दाबी गर्नुभयो । छिमेकी मुलुक भारतले लगाएतको अघोषित नाकाबन्दी केहि दिनमा नै खुल्ने भन्दै उहाले यसमा आतिनुपर्ने कुनै कुरा नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले अघोषित नाकाबन्दीले नेपालीलाई स्वाभिमानीको पाठ सिकाएको समेत बताउनुभयो । उहाले बाटोमा दुई चार जना राखेर आन्दोलन गर्देमा पुरा हुनै नसक्ने मागमा सुनुवाई हुनै नसक्ने धारणा पनि राख्नुभयो ।
तपाइँको प्रतिक्रिया