प्रधानमन्त्री ओलीद्धारा शपथ ग्रहण,मन्त्रिपरिषद् पनि गठन, सबै मन्त्री दोहोरिए

काठमाडौं , ३१ वैशाख।
प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ लिनु भएको छ । । शितलनिवासमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीलाई शपथ गराउनु भएको हो ।
संविधानको धारा ७६ (३) अनुसार बिहीबार राति ओलीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो । राष्ट्रपतिबाट शपथ लिएका ओलीले आजै सिंहदरबार आएर पदभार ग्रहण गर्दैहुनु हुन्छ ।
विश्वासको मत पाउन नसकेपछि यही वैशाख २७ गते ओली प्रधानमन्त्रीबाट पदमुक्त हुनु भएको थियो । अन्य दलले बहुमत पुर्याउन नसकेपछि राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा सबैभन्दा ठूलो दलको हैसियतले बिहीबार पुनः ओलीलाई नै प्रधानमन्त्री नियुक्त गर्नु भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गर्नु भएको छ । । उहाँले यसअघि आफ्नो क्याबिनेटमा रहेका सबै मन्त्रीहरुलाई दोहो¥याएका हो।
तपाइँको प्रतिक्रिया