प्रधानमन्त्री ओलीले आठ सदस्यीय मन्त्रिपरिषद् गठन, थापा र गच्छदार उपप्रधानमन्त्री

प्रधानमन्त्री केपी ओलीले आठ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको छ ।दुई उपप्रधान सहित उहाले आठ सदस्यीय मन्त्रीपरिषद गठन गर्नुभएको हो । बिजयकुमार गच्छदारले उपप्रधान एवं भौतिक योजना , र कमल थापा उपप्रधान एवं परराष्ट्र मन्त्रीको जिम्मेवारी पाउनुभएको छ भने अग्नी खरेलले कानुमन्त्री , हरिवोल गजुरेलले कृषि , सोम प्रसाद पाण्डेले उद्योग र रामकुमार सुव्वा र सत्यनारायण मण्डल बिनाबिभागीयको जिम्मेवारी पाउनुभएको छ । खरेल, पाण्डे र मण्डल एमाले कोटामा मन्त्री बन्नुभएको हो भने गजुरेल र राई क्रमशः एकीकृत माओवादी र राप्रपा नेपालको कोटामा मन्त्री बन्नुभएको हो ।
तपाइँको प्रतिक्रिया