प्रधानमन्त्री ओलीले देश र जनताको नाममा सपथ लिए
नवनिर्बाचित प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ । शितल निबासमा सोमबार आयोजित बिशेष समारोहका बिच राष्ट्रपति डाक्टर रामबरण यादबले ओलीलाई पद तथा गोपनियताको शपथ खुवाउनुभएको हो । सथप कार्यक्रममा ओलीले ईश्वरको नाउमा भन्ने स्थानमा देश र जनताको नाउमा भन्ने शव्द प्रयोग गर्नुभएको थियो । यस्तै राष्ट्रपति डाक्टर यादबले सोमबार नै बिजयकुमार गच्छदार र कमल थापालाई पनि उपप्रधानमन्त्री पदका लागी सपथ ग्रहण गराउनुभएको थियो । त्यस्तै राष्ट्रपति यादवले अग्नी खरेल , सत्यनारायण मण्डल , हरिवोल गजुरेल , रामकुमार सुव्वा , सोम प्रसाद पाण्डेलाई मन्त्री पदेका सथप खुवाउनुभएको थियो ।
सपथ कार्यक्रममा उपराष्ट्रपति परमानन्द झा , निवर्तमान प्रधानमन्त्री सुशील कोईराला , सभामुख सुवास नेम्वाङ , प्रधानन्यायधिश कल्याण श्रेष्ठ लगाएतको उपस्थीती रहेको थियो । समारोहमा नेपाली सेनाको एक टुकडीले सम्मान अर्पण गरेका थिए ।
तपाइँको प्रतिक्रिया